• २०८३ असार ४ गते बिहिवार

एकल महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्ने पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ४, काठमाडौं । सामाजिक सञ्जालमा एकल महिलालाई अश्लील सन्देश पठाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा गुल्मीको सत्यवति गाउँपालिका ७ स्थायी वतन भएका वर्ष ४४ को डिलबहादुर गलामी रहेका छन्।

म्यासेजिङ एपमा साथी बनी कुराकानी हुने क्रममा भएका वार्तालापको स्क्रिन रेकर्ड गरी राखेको तथा उक्त स्क्रिनसट सम्पादन गरी सामाजिक सञ्जालमा अश्लील सन्देश सहित पोष्ट गरी चरित्र हत्या गरेको प्रहरीले जनाएको छ। पीडित एकल महिलाले दिएको निवेदनको आधारमा नेपाल प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरोले उनलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा गत भदौ २६ गते मुद्दा दर्ता गरेको थियो।

फरार रहेका गलामीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा पुस २ गते पक्राउ गरी मंगलबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको साइबर ब्यूरोले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस