• २०८३ जेष्ठ ६ गते बुधवार

गजल “उठ धरहरा तिम्रो गुणगान धेरैले गाए यहा” : सरू ज्ञवाली

पढ्न लाग्ने समय : १ मिनेट

उठ धरहरा तिम्रो गुणगान धेरैले गाए यहा
बनेऊ कि भनेर दिनहुँ सुन्धारा धाए यहाँ ,

धेरै नै चिन्तित अभियान्ता हाम्रा ध्रुब दाजु
थोरै भए पनि सर्जकहरूको साथ पाए यहाँ,

स्रष्टाहरूले अनेक बिधामा रचनाहरू कोर्दै
भावना मार्फत दबाब दिदै अघि बढाए यहाँ ,

पूर्खाको पौरख ढलेको देख्दा मन रोयो सबैको
एक एक गरी रकम सबै जनमिली उठाए यहाँ,

अब त शिलान्यास भै सक्यो पक्कै बन्ने छ भन्दै
होस्टेमा हैंसे मिलाई हरेक क्षेत्रबाट समाए यहाँ,

सरू ज्ञवाली ,भैरहवा

Sharing

प्रतिक्रिया दिनुहोस