• २०८३ जेष्ठ २२ गते शुक्रवार

दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ९, काठमाडौं । विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । बुधबार बिहान करिब सवा ११ बजे सौर्य एयरलाइन्सको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो

विमानस्थल बन्द भएपछि बाहिरबाट आएका जहाजहरूलाई डाइभर्ट गरिएको थियो । बुधबार बिहान मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटनामा परेको थियो ।

विमानमा सवार सुर्य एयरलाइन्सका १८ कर्मचारीको मृत्यु भएको छ भने पाइलटको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस