जेठ १४, हेटौंडा । हेटौंडामा रहेको शिवम् सिमेन्टको कम्पाउण्ड नजिकै बम फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिमेन्ट उद्योगको दक्षिणतर्फको पर्खाल नजिकै प्रेसर कुकर बम फेला परेको हो ।
‘कुकरमा खतरा लेखिएको छ । बम निष्कृय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको छ ।