पौष ११, काठमाडौँ । नायिका स्वस्तिमा खड्कालाई फिल्म ‘चपली हाइट ३’ले आफ्नो छविमा असर गर्ने कुरामा कत्ती पनि डर नभएको बताएकी छन ।

स्वस्तिमा भन्छिन्–‘मलाई ‘चपली हाइट ३’ ले मेरो छविमै असर गर्छ कि भन्ने डर छैन । किनकी, यो यौन मनोविज्ञानको कथामा बनेको चलचित्र नै होइन । यसपटक, चलचित्रलाई सस्पेन्स थ्रीलर कथामा तयार पारिएको छ ।’

यो चलचित्रको पहिलो सिरिजले नेपाली चलचित्र क्षेत्रमा भल्गर कथा भित्राएको आरोप लागेको थियो । साम्राज्ञीलाई चलचित्रको नामका कारण आफ्नो छविमा असर पर्ने भय थियो । तर, स्वस्तिमालाई भने यो कुरामा कत्तीपनि डर छैन ।
निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतको अभिनय रहेको छ ।