आश्विन १० काठमाडौँ, । आज ४० औं विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्यटन बोर्ड तथा विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रमहरुको आयोजना गरि मनाईँदैछ ।‘सबैको उज्ज्वल भविष्यका लागि, पर्यटन र रोजगारी’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको छ।
दिवसको अवसरमा विभिन्न नाकाहरुबाट भित्रिने पर्यटकलाई विशेष स्वागत गर्ने कार्यक्रम राखिएको छ ।सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकाले उक्त लक्ष्य पूरा गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको छ ।