• २०८३ बैशाख १८ गते शुक्रवार

बाजुरामा अत्याधिक रक्तश्रापका कारण सुत्केरीको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

.धर्म सुनार

मंसिर १०,बाजुरा ।  बाजुराको जगन्नाथ गाउपालिका ५ गोत्री सामुदायिक चौकी केन्द्रमा सोमबार दिउसो सुत्केरीको मृत्यु भएको छ । मृत्यू हुनेमा जगन्नाथ गाउपालिका ६ गोत्रीकी ३५ वर्षियका पुल्ती रावल रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले वताएका छन् ।

घरमै सुत्केरी भएकी रावलको साल अट्कीएपछि अत्याधिक रक्तश्रापका कारण बेहोस अबस्थामा सामुदायिक स्वास्थ्य चौकी पु¥याएको स्वास्थ्य चौकीमा कार्यरत अमर बुढाले बताए ।

चौकीमा पु¥याउदा बेहोस थिईन साल अट्कीएको र अत्यधिक रगत बगिरहेको र साल निकालियो पछि रगत पनि रोकीयो घाम ताप्दै बिस्कुट र एक गिलास चिया समेत खाएको उनको एक्कासी मृत्यू भएको बताईएको छ ।

घरमै सुत्केरी भएको रहेछ सुत्केरीका आफन्तले बाटोमा ल्याउदा ल्याउदै सुत्केरी भएको भन्दै ढाटे छन् । साल अटकेको र बेहोस भएको कुरा जानकारी आएपछि हेलिकप्टरको लागी जिल्ला प्रशासन मार्फत प्रदेश सरकार तथा राष्ट्रपति उद्दार सहयोग कार्यक्रमलाई हेलिकप्टरा कुरा गर्न खोज्दा होसमा आएको र सुत्केरी अबस्था राम्रो भएको जानकारी आएपछि प्रमुख जिल्ला अधिकारीलाई त्यही सुचना पठाएईयो डा बिश्वकर्माले बताए । तर एकाएक उनको मृत्यु भएको बिश्वकर्माले वताए ।

Sharing

प्रतिक्रिया दिनुहोस