मंसिर १०, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौंरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, मकवानपुरबाट माछा बोकेर काठमाडौं जान लागेका ३२ वर्षीय सुरेश थापा शौचका लागि भीरमा जादा लडेर मृत्यु भएको हो ।
मृतक थापाको शव पोस्टमार्टमका लागि हेटौंडा ल्याउने तयारी प्रहरीले गरेको छ ।