असोज ९, काठमाडौं । कालीमाटी अन्तरगर्त तरकारी बजारमा दशैं त जहिले आउँछ तर यसपालीको “दशैंमा तरकारी निकै महंगो हौला जस्तो छ उपभोक्ताहरु एकआपसमा कुराकानी गरिरहेका थिए” । कालीमाटी तरकारी बजारमा साँझको समयमा तरकारी किन्नेहरुको भिड निकै थियो । व्यापारीलाई भने भ्याईनभ्याई नै देखिन्थ्यो ।
कालीमाटी तरकारी बजारमा धेरै ठाउँबाट होलसेल मुल्यमा किन्न आउनु र व्यापारीलाई फाइदा तर कृषकको गुनासो छ । तरकारी बजारमा सस्तो भनिन्छ तर चाडपर्व आउनै हुदैंन तरकारीको मुल्य बढ्न थालिहाल्छ’ तरकारी बजारमा नुवाकोटको राजु राइले बेच्न ल्याएको आलु समाउदै भन्छन् हामी कृषकलाई केही मोल छैन बेचेर सो तरकारी बजारमा किन्न पर्यो भने हामीले बेचेको भन्दा डबल बन्छ ।
तरकारी बजारमा मुल्य बढेको बारे निकै चर्चा भइरहेको थियो । ‘हप्तादिन अघि १ सय २० रुपैयाँ धार्नीमा लगेको आलु अहिले १ सय ८० रुपैयाँ पुगिसकेछ’ तरकारी बजारमा आएका एक केटाले भनेका थिए ।
‘मौकामा चौका छोप्ने गर्छन् व्यापारी’ खबर२४नेपालसँगको कुराकानीमा उनले भनै, ‘व्यापारीहरू चाडपर्वलाई कुरेर बस्छन् केही रुपैयाँ मुल्य बढ्यो भने त्यसको डबल रुपैयाँ बढाउँछन्।’
हरेक चाडपर्वका बेला तरकारीको मुल्य बढ्ने गरेको उपभोक्ताको गुनासो छ । भान्सामा पाक्ने तरकारी मंहगो भएसँगै उपभोक्ताहरु चिन्तित भएका छन् ।
सरकारले बजार अनुगमन प्रभावकारी ढंगले गर्न नसक्दा तरकारीको मुल्य वृद्धि भएको उपभोक्ताहरु बताउँछन् । अहिले बजारमा सबैजसो तरकारीजन्य वस्तुको मुल्य बढेको छ । न त अनुगमन हुन्छ न त कालोबजारी र बिचौलियालाई कारवाही नै । यस्तो छ बजारमा भाऊ हप्तादिनअघिदेखि बढ्न थालेको तरकारीको मुल्य घट्नुको साटो निरन्तर बढिरहेको छ ।
बुधवार कालीमाटी बजारमा रहेको तरकारीको खुद्रा मुल्य
गोलभेंडा प्रतिकेजी ९५ रुपैयाँ, आलु प्रतिकेजी ४५ देखि ९५ रुपैयाँसम्म, प्याज १ सय १५ रुपैयाँ, काउली प्रतिकेजी १ सय २५, गाजर प्रतिकेजी १ सय २५, भन्टा प्रतिकेजी १ सय २५,तने बोडी प्रतिकेजी १ सय ३५ रुपैयाँ छ ।
त्यसैगरी घिउ सिमी प्रतिकेजी १ सय ४५, तिते करेला प्रतिकेजी १ सय २५, साग १ सय ३५ देखि २ सय ९५ प्रतिकेजी, अदुवा प्रतिकेजी २ सय ४५ र लसुन प्रतिकेजी २ सय ४५ रुपैयाँमा छ ।
व्यापारीको आफ्नै मुल्य यद्यपी व्यापारीले बेच्ने मुल्य तोकिएको भन्दा निकै फरक पाइएको छ । तरकारी बजारमा व्यापारीले आफै मुल्य निर्धारण गर्ने गरेको पाइएको छ ।
बजारमा काउली प्रतिकेजी १ सय ६० रुपैयाँ, तितेकरेला १ सय ५० रुपैयाँ प्रतिकेजी, भेण्डी १ सय ४० रुपैयाँ, आलु मुडेको १ सय ९० रुपैयाँ धार्नि, बोडी १ सय ६० रुपैयाँ, सिमी १ सय ६० रुपैयाँ प्रतिकेजी, गोलभेँडा १ सय २० रुपैयाँमा प्रतिकेजीमा बिक्री गरिरहेका छन् ।
त्यस्तै प्याज १ सय ४० रुपैयाँ, भेण्डी १ सय ४० रुपैयाँ, च्याऊ २ सय ३० रुपैयाँमा व्यापारीले विक्री गरिरहेका छन् ।