भदौ ९, काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने लाई जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले धरौटीमा रिहा गरेको छ ।
जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले रवि लामिछानेलाई पनि ५ लाख, युवराज कँडेललाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । यस्तै अस्मिता कार्की साधारण तारेखमा रिहा भएकी छिन् ।
सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।