• २०८२ साउन ४ गते शनिवार

सांसदको पाकेट मार्ने एकजना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ९, काठमाडौं । काठमाडौंको न्युरोडमा सांसदको पाकेट मार्ने एकजना पक्राउ परेका छन् ।

सर्लाही घर भइ काठमाडौंको मैतीदेवी बस्ने निश्चल थिङलाई महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । साउन २६ गते सांसद भावना सुवेदी काम विशेषले न्युरोड इन्द्रचोकमा पुगेका बेला उनको झोलाबाटभित्र रहेको ७३ हजार रुपैयाँ, परिचयपत्र, एटीएम कार्डलगायतका अन्य महत्वपूर्ण कागजात चोरी भएको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार थिङलाई भदौ पाँच गते बिहान गौशालाबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस