पौष, ८ बाजुरा । बाजुरामा शिकार खेल्न गएको बेला बन्दुक पट्केर एकजना घाइते भएका छन् । बुढिन्नदा नगरपालिका ८ बस्ने ३० बर्षका सुरेन्द्र गिरी घाइते भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख डिएसपी उद्धब सिं भाटले वताएका छन् ।

सोमबार साँझ वडा नम्बर ८ र ९ पाण्डुसेनको बिच सिल्के लेखमा जंगलमा शिकार खेल्न गएको बेला दाई नरेन्द्र गिरीले बोकेको भरुवा बन्दुक पटकिदा भाइ सुरेन्द्र गिरी बाँया कोखमा गोलि लागेर घाइते भएको प्रहरीले जनाएको छ । नरेन्द्र गिरी हिउँमा चिफलिएर बन्दुक पटकेको प्रहरीको प्रराम्भिक अनुसन्धान बाट जनाएको छ ।
घाइते सुरेन्द्र गिरीलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याईएको थियो, गोलि भित्रै रहेकाले अछामको बयलगडा अस्पतालमा रिफर गरेको प्रहरी प्रमुख भाटले वताएका छन् ।
नरेन्द्र गिरीलाई प्रक्राउ गरि उनले जंगलमा लुकाइ राखेको एकनाले भरुवा बन्दुक समेत बरामत गरेर छानबिन शुरु गरेको प्रहरीले वताएको छ । प्रारम्भिक अध्यन बाट हिउँमा चिफ्लिएर गोलि लागेको हुन सक्ने रहेको छ, थप अनुसधान भइरहेको प्रहरीले जनाएको छ । उक्क्त क्षेत्र र गाँउमा भरुवा बन्दुक अरु पनि रहेको हुन सक्ने भन्दै प्रहरीले खोजीतलास गरिरहेको जनाएको छ ।