- प्रकाश घायल
एक
न गतिलो बास,गाँस थियो मात्र एक मुठ्ठी सास थियो
चंचले बानी नसालु नजर बोलिमा अती मिठास थियो
पितामह नै भएनि प्रतिज्ञा तोड्थे उनको रुप देख्थे भने,
बाटुलो मोडा लजालु हेराइमा मायाको आभास थियोे ।
दुई
अनुहार त सुन्दर थियोे भित्र कपट पाल्दी रछ्यौ
नाटक गर्दै काखमा राखी निमोठेर फाल्दी रछ्यौ
नाउ पिच्छे खुट्टा राख्ने तिम्रो बानी बुझ्न् गार्हो ,
मायाजाल फिजाएर शकुनी चाल चाल्दी रछ्यौ ।
तीन
कसैलाइ दुखैदुख कोहीलाइ भने सुखको खात छ
कतै माया प्रेमको मिठो सम्झना कहिँ ठुलो घात छ
म आफूलाई संसार को भाग्यमानी सम्झन्छु यसर्थ,
यता तिमी दाइने छौ सिरमाथि विधाताको हात छ।
चार
व्यबहारको जुरो उठ्यो मायालुको काधमा अचेल
प्रतिकार गर्न बसकिएन सिमाना र साधमा अचेल
आँखाको भाषा आँखाले बुझ्न् सकेनौ तिमीले प्रिय् ,
कचिंगल धेरै गर्छौ दुई आँखाको बाधमा अचेल ।
पाँच
एक अर्कामा कुरा बाझिए बेलैमा छाट्नु राम्रो
आँखाको भाषा दिलले वुझे तब मुटु साट्नु राम्रो
तरिका आ(आफ्नो हुन्छ जिन्दगी जीउने तरिका ,
मन मिल्छ दही झै जम्नु नत्र दुध झै फाट्नु राम्रो ।