• २०८२ असार ४ गते बुधवार

एसइई परीक्षा दिने एक किशोरिले आत्महत्या

पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ,१० पाल्पा । पाल्पा जिल्लाको गुँगा मा .वि. मा अध्यनरत अन्दाजी १६ वर्षीया मनिषा विकले एसइई परीक्षा दिने तयारीमा रहेकी एक किशोरिले आत्महत्या गरेकी छन् ।

आइतबार विहान करिब ६;३० बजे बग्नासकाली गाउँपालीका वडा नंं ६ भुटुके बस्ने मुक्त बहादुर विकको छोरी मनिषाले आफ्नै घरको सुत्ने कोठामा काठको निधालमा चुन्नीको पासो लगाएर आत्महत्या गरेकी हुन् ।

घटनास्थलमा प्रहरी चौकी राम्दी र जिल्ला प्रहरी कार्यालयको पाल्पाको टोली पुगेका हुन । घटनास्थलमा प्रहरी नायव उपरिक्षकको नेतृत्वको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । घटना के कारणले भयो भन्नेबारे अहिले कुनै जानकारी आएको छैन् ।

प्रतिक्रिया दिनुहोस