असोज ६ काठमाडौ । श्री एयरलाईन्सले दशै तिहारको उपलक्ष्यमा वृद्धवृद्धालार्ई छूट दिन सूरु गरेको छ । श्री एयरलाईन्सले आज एक विज्ञप्ती जारी गरि सो को घोषणा गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको बार्षिक कार्यक्रम अन्तर्गतको योजना कार्यन्वयन अन्तर्गत श्री एयरलाईन्सलले छूट दिन शुरुवात गरेको हो । जसमा ८५ बर्ष पूगेका नागरिकलाई रु ५०० मात्र र ७५ बर्ष माथिका नागरिकलाई ५० प्रतिशत छुट दिने विज्ञप्तीमा जारी गरीएको छ ।
