असोज ६, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल देशभर आंशिक देखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडि भु-भागमा पहिरो जान सक्ने तथा साना र मझौला नदिहरुमा पानीको वहाब सामान्य बढ्न सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध गरिछ ।