भाद्र ६, काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भु, बालबालिका खोजतलास केन्द्रभृकुटीमण्डप, राष्ट्रिय बालअधिकार परिषद पुल्चोकले अनुमती नलिइ बालबालिका राखेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । नमुना प्रगतिशील महिला समाज नामकसंस्था खोली बालबालिका राखेको अभियोगमा सोही संस्थाका आरोपी ३ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ बाफल बस्ने ४६ वर्षीय सुजित रायमाझी वर्ष ४२ का रत्न परियार, वर्ष ४८ का प्रताप राना रहेको बताए ।
डिएसपी सुवेदीका अनुसार नागार्जुन नगरपालिका ९४ बाफलस्थित उक्त संस्थामा विभिन्न जिल्लाबाट बालबालिकाहरु ल्याई राखेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए । प्रहरीले उक्त संस्थाबाट ९ जना बालबालिकाहरु उद्धार गरेको छ । उद्धार गरिएका बालबालिकाहरुलाई बालहेल्पलाईन कलंकी राखिएको छ ।