• २०८३ बैशाख १९ गते शनिवार

“म दर्शकहरुलाई एकदम मिस गर्छू” अभिनेत्री विपना थापा

पढ्न लाग्ने समय : २ मिनेट

भदौ ६ काठमाडौ  कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछञ राज गरेकी अभिनेत्री विपना थापा लाई, दर्शकहरुचलचित्रको पर्दामा हेर्न नपाएको धेरै भयो । लगभग एक दशक उनी फिल्म क्षेत्रबाट टाढा छिन् ।भारतको उत्तर प्रदेशको मथुरा घर भएका डा। आशुतोष भारद्वाजसँग विवाह गरेकी थापा वैवाहिक जिबनमा बाधिएपछि चलचिञ क्षेञबाट टाढा भएकी हुन् । अहिले विपना एक सन्तानकी आमा पनि बनिसकेकी छन् । उनका छोरा पनि हुर्किसकेका छन् ।

विवाह गरेर भारत जानु परेको र छोरा जन्मिएकाले आफूले चलचित्रमा काम गर्न नसकेको गुनासो गर्छिन् विपना । उनले भनिन्, ‘हाम्रो परम्परा अनुसार विवाह गरेर श्रीमानको घर जानुपर्छ । म पनि गएँ । छोरा जन्मिएपछि त झन चलचित्रमा काम गर्नै पाइन् ।’ विपनालाई भारतमा नायिका हो भनेर चिन्ने सिमित छन् । उनको परिवारलाई मात्र उनी नायिका भएको पत्तो छ । ‘नेपालमा जस्तो हाई(हाई कहाँ छ र त्यसैले पनि होला मैले दर्शकलाई एकदमै मिस गर्छु’, मलिन स्वरमा विपना बोल्छिन् ।

अहिले चलचित्र क्षेत्रलाई पनि एकदमै मिस गरिरहेकी विपनाको एउटा सपना छ । पुराना समकालीन कलाकारहरु सबै एउटै चलचित्रमा काम गर्ने उनको सपना हो । उनी भन्छिन्, ‘मेरो सपना भनेको समकालिन कलाकारहरु सबैले एउटै चलचित्रमा काम गर्ने हो । चलचित्र सम्भव नभए एउटै स्टेज शेयर गर्ने मन छ

Sharing

प्रतिक्रिया दिनुहोस