मंसिर ४, काठमाण्डौ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बसुन्धरा स्थित फुडल्याण्ड एण्ड गेष्ट हाउस संचालिका उदयपुर गाईघाट नगरपालिका ५ की सोम माया राईलाई पक्राउ गरेको छ ।
सोम माया राईले संचालन गरेको गेष्ट हाउसमा अनैतिक क्रियाकलापहरू भईरहेको छ भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीलाई नगद ५० हजार रूपैया दिई आर्थिक प्रलोभनमापारी कारवाहीबाट बच्न खोजेका थिए । राई सहित ४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।