असोज ३, रोल्पा । माडी गाउपालिका रोल्पाले संविधान दिवस भब्यताका साथ मनाएको छ । गाउपालिका अध्यक्ष नन्द बहादुर पुन को अध्यक्षतामा भएको कार्यक्रमको सम्बोधन प्रमुख अतिथी ५ न प्रदेस सासद दीपेन्द्र कुमार पुन सिजल रहनु भएको थियो ।

इलाका प्रसासन कार्यालय घर्तिगाउका साखा अधिकृत ऋषि सुवेदी विशिस्ट अतिथी रहनु भएको कार्यक्रममा संविधान दिवस को अवसरमा ६ वटै वडा बाट झाकी,आमासमुहको नृत्य ,पैसरु ,पन्चेबाजा प्रस्तुत गर्नुको साथै र्यालीले बजार परिक्रमा गरिएको थियो । कार्यक्रम मा बोल्दै पुनले नेपालको संविधानले जनताको शिक्षा ,स्वास्थ ,रोजगार कला सास्कृती सङै प्रत्येक क्षेत्रमा बिकास भयको बताउनु भयको थियो ।
माडी गापा उपाध्यक्ष धनिकला घर्ती बुढा को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को संचालन माडी गाउपालिका का प्रमुख प्रसासकिय अधिकृत तथा गाउकार्यपालिका सदस्य सचीव प्रकाश देबकोटाले गर्नु भएको माडी गाउपालिका प्रेस सम्योजक वीर सिङ वलीले जानकारी दिनु भयो