जेठ ६, काठमाडौं । प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर काले भनिने विष्णु तामाङलाई पक्राउ गरेको छ । उनि प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए ।
महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाका अनुसार तामाङको दायाँ घुँडामा गोली लागेको छ । घाइते तामाङको बीर अस्पतालमा उपचार भइरहेको छ । थापाका अनुसार ६ वटा अपराधका घटनालाई लिएर उनको खोजी भइरहेको थियो । यसैक्रममा टोखामा रहेको सूचना पाएपछि प्रहरी टोली उनलाई पक्रन सोमबार बिहान ८ बजे गएको थियो । ”डकैतीमा संलग्न तामाङलाई पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएर आक्रमण प्रयास गरेपछि आफूहरुले घुँडामुनि गोली हानि ‘नियन्त्रणमा लिएका हौं ।” थापाले भने । उनी ६ वर्ष कैद जेल सजायँ भुक्तान गरेर निस्किएका व्यक्ति हुन् ।