जेठ ६, काठमाडौं । सरकारले कर नतिर्ने २६ वटा फर्मको नाममा सार्वजनिक सूचना जारी गर्दै व्यवसायीहरुलाई सात दिने अल्टिमेटम दिएको छ । । सोमबार एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरी मध्यमस्तरीय कर कार्यालयले ७ दिन भित्र कर तिर्न सूचना जारी गरेको हो ।
मध्यमस्तरीय कर कार्यालयले विभिन्न २६ वटा फर्मको नाममा सार्वजनिक सूचना जारी गरि कार्यालयले कर लामो समयदेखि कर नतिर्नेलाई तत्काल सम्पर्क गर्न सूचनामार्फत् जानकारी गराएको हो। कार्यालयले मूल्य अभिबृद्धि कर र आयकर नतिर्ने फर्मको सूचीसहित उक्त सूचना जारी गरेको हो। विभिन्न माध्यमबाट सम्पर्क गर्दा पनि सम्पर्कमा नआएकाले उक्त सूचना जारी गरिएको कर प्रशासक झक्कप्रसाद आचार्यले जानकारी दिए। यो सूचना प्राप्त गरेको सात दिनभित्र पनि सम्पर्कमा नआए कानूनअनुसाका अन्य प्रक्रिया अपनाएर भएपनि कर असूली गरिने उनले बताए।