• २०८३ असार २ गते मङ्गलवार

अमर्यादित तथा अश्लिल कार्यक्रम संचालन गर्ने फुल्चोकी मिडिया ग्रुपका संचालक पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, काठमाडौं । सामाजिक संजालमा अमर्यादित अश्लिल तथा उत्तेजित अन्तरवार्ता संचालन गरेको अभियोगमा फुल्चोकी मिडिया ग्रुपका संचालक राजकुमार कुँवर, कार्यक्रम संचालिका लक्ष्मी मोक्तान तथा अश्लिल अन्तरवार्ता दिने मोडल परी तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

अश्लिल सामाग्रीहरु युटुब च्यानल मार्फत ‘मस्ती टक टाईम’ बाट प्रसारित गरी सामाजिक संजालमा अमर्यादित, अश्लिल, उत्तेजित अन्तरवार्ता दिएको र कार्यक्रम संचालन गरेको भनि सामाजिक मर्यादामा खलल पुर्‍याएको भनि आम जनसमुदायबाट गुनासो आए पश्चात महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई कलंकीबाट पक्राउ गरेको हो । उनीहरुलाई साईवर क्राईम अपराधमा अनुसन्धान भइरहेको सो परिसरले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस