• २०८२ जेष्ठ ३२ गते शनिवार

राष्ट्रपतिद्धारा होलीको शुभकामना व्यक्त

पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ६,काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली) पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्ने विश्वास रहेको बताएकी छन् ।

आज फागु पूर्णिमा (होली)का अवसरमा राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै यस पर्वले सबैमा नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भनिएको छ । सन्देशमा नेपालको मौलिक पहिचान स्थापित गराउँदै राष्ट्रपतिले सांस्कृतिक पर्यटनमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्न टेवा पुग्ने राष्ट्रपतिले उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस