• २०८३ बैशाख ८ गते मङ्गलवार

दाङमा गायिका रचना रिमाल सवार स्कार्पियो ट्रकसँग ठोक्कियो

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १४, दाङ । दाङमा गायिका रचना रिमाल सवार स्कार्पियो ट्रकसँग ठोक्किएकाे छ । नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई वाग्मती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो।

रिमालको अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनाका कारण आज उनी महोत्सवमा भने उपस्थित हुन सकेका छैनन्। उनले दुर्घटनाबारे फेसबुकमार्फत जानकारी गराएकी छन्। भोलि महोत्सवमा आफ्नो प्रस्तुति रहने जनाएकी छन्।

Sharing

प्रतिक्रिया दिनुहोस