• २०८३ जेष्ठ २४ गते आइतवार

शर्मिला वाइबा पोखरावाट पुनः प्रकाउ, काठमाडौं ल्याइँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २०, काठमाडौं । शर्मिला वाइबा पुनः पक्राउ परेकी छिन् । मंगलबार पोखराको लेकसाइडबाट पक्राउ उनलाई पक्राउ गरिएको हो ।

साइबर अपराध सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए पछि सोही आधारमा उनी पक्राउ परेकी हुन् ।

उनकै सहकर्मी शर्मिला श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको बुझिएको छ। वाइबालाई म्याद थप र अनुसन्धानको लागि काठमाडौं ल्याइँदै छ।

Sharing

प्रतिक्रिया दिनुहोस