पौष, ३ काठमाडौँ। अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला आयोजना कार्यान्वयनमा ठूलो समस्याको रुपमा रहेको उल्लेख गर्दै वातावरणमा असर नपर्ने गरी अब पहाड उत्खननबाटै नदिजन्य सामग्रीको अभाव पूरा गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा मन्त्री खतिवडाले अब नदीले मात्र निर्माण सामग्रीको आपूर्ति पूरा गर्न नसक्ने ठूला विमानस्थल, रणनीतिक राजमार्ग, रेल्वे परियोजनाका धेरै काम अगाडि बढ्ने क्रममा रहेको भन्दै मन्त्री खतिवडाले अब निर्माण सामग्री आपूर्तिका लागि पहाड फोर्ने कुरामा संसदबाट पनि सहयोग चाहिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले एकै पटक यति धेरै निर्माणका काम गर्दैछौं कि, त्यसको आपूर्ति गर्न अब पहाडै फोर्नुपर्छ ।’