असार, ४ दैलेख । जथाभावी सडक निर्माणका क्रममा कुलो भत्किदा (पुरिँदा)किसानले समयमै धानको बिउ राख्न पाएका छैनन । सुख्खा जमिनमा पानीका कुुनै मुहान समेत नुहँदा ठाटीकाँध गाउँपालिका –१ दैलेखका किसानहरुले बिउ राख्न नपाएका हुन ।
करिब एक किलोमिटर लामो दुरी भएको अधेरी खोला भन्ने ठाउँदेखि सिँचाई कुलोको सहायतामा पानी प्रयोगमा ल्याई धान खेती गर्दै आएका थिए ।उक्त सिँचाई कुलोमा आर्थिक बर्ष ०७४मा वडाको २लाख बजेट खर्चियर सिमेन्ट र वालुको प्रयोग गरि निर्माण गरिएको थियो । आर्थिक बर्ष ०७५÷७६को ८० लाख बजेटमा निर्माणधिन खाम्पाटे–मटेला सडकको स्तरोन्नती गर्ने समयमा उक्त सिँचाई कुलो भत्किएको थियो ।
डोजरमार्फत जथाभावी सडक निर्माण गरिएका कारण कुलो भत्किएपछि किसानले यो बर्ष धानको बिउ राख्न पाएका छैनन । सँधै जेठको दोस्रो सातामा बिउ राखिसक्ने खेतबारीमा हालसम्म थानीय तहले मर्मतमा सम्भारमा ध्यान नदिएको किसानले गुनासो गरेका छन् ।
शिरबाट जथाभावि सडक खन्दा भत्किएको÷ढंगामाटोले छापिएको सिँचाई कुलो । कुलाको मर्मत नहुँदा २सय ४५ रोपनी जमिन बाँझो रहने देखिन्छ ।तस्वीर्ः पंखबहादुर शाही
उक्त सडकका कारण यो बर्ष फट्का जिउलाको करिब २सय ४५ रोपनी खेतीयोग्य जमिन बाँझो रहने सम्भावना रहेको कृषक कलमबहादुर बुढाले बताए । सडक खन्दा सिँचाई कुलो भत्किन्छ भन्नेबारे थाह हुुँदा–हुँदै हचुवाको भरमा बजेट विनियोजन गरियो ,उनले भने । सरकारको पैँसामा वडा अध्यक्षले मनोमानी ढँगबाट बजेट विनियोजन गर्दा यस्तो अबस्था शिर्जना भएको हो । सम्बन्धित निकायले ध्यान नदिएपछि पुरिएको कुलोबाट ढुंगामाटो निकाल्न सकिएको छैन । उक्त सिँचाई कुलोले करिब ३५जना भन्दा धेरै किसान प्रभावित थिए ।
वडा अध्यक्ष सहितको खेतीयोग्य जमिन समेत सिँचाई बाट वञ्चित भएको छ । गएको ६,७ महिना यता मर्मत गर्ने भन्दै वडा नम्बर–१का अध्यक्ष नर्तमबहादु बुढाले ढाँट्दै आएको कृषको भनाई छ । पहिलेका बर्षहरुमा असार पहिलो सातामा खेत रोपेर सकिन्थ्यौँ ,यो बर्ष हालसम्म बिउसमेत राख्न सकिएको छैन अर्का अगुवा कृषक नामबहादुर शाहीले भने ।
प्रति पाथि एक बोरा धान उतपादन हुने जग्गा बाँझो रह्यो भने बजारबाट धान खरिद गर्नुपर्छ, हामीलाई केहि महिना त,खानलाई पुग्दथ्यो, कृषक नन्दबहादुर बुढाले भने । सडकले गर्दा खेतीयोग्य जमिन बाँझो हुनु भनेको दुर्भाग्यहो ,त्यस्को मर्मत सम्भार सडकले नै गरिदिर्नु पर्ने कृषि ज्ञान केन्द्र दैलेखले जनाएको छ ।
वडा अध्यक्ष नर्तमबहादुर बुढाले मर्मत गर्न १०हजार रुपैँया छुट्याएको र डोजरको तेल नभएर रोकिएको भन्दै पन्छिन खोजेका छन् । १० हजारले त्यहाँ कुनै काम गर्ननसकिने स्थानीयको भनाई छ ।