• २०८३ जेष्ठ ३ गते आइतवार

अव्यवस्थित बस्ती खाली गराइएको ठाउँको संरक्षणका लागि निकायगत समन्वय गर्न र तारबारको काम थाल्न कार्यवाहक प्रमुखको निर्देशन

प्रमुख प्रशासकीय अधिकृत, सार्वजनिक निर्माण विभागका प्रमुख, महानगर प्रहरी बलका अधिकारीसहित कार्यवाहक प्रमुख स्थलगत निरीक्षणमा
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १४, काठमाडौं । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिनुभएको छ ।

थापाथलीस्थित वागमती नदी किनारामा शनिवार खाली गराइएको स्थानको निरीक्षण गर्दै उहाँले आइतबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई अहिले तथा यसपछि खाली गराइने ठाउँहरुको सुरक्षा र संरक्षणका लागि तारबार लगाउन अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागबाट तारबार लगाउने काम थाल्न निर्देशन दिनुभएको हो ।

आइतबार कार्यवाहक प्रमुख डंगोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको निरीक्षण गर्नुभएको थियो । अव्यवस्थित बस्तीका वास्तविक भूमिहीनलाई यी भवनहरुमा राख्ने योजना छ ।

Sharing

प्रतिक्रिया दिनुहोस