• २०८२ साउन ४ गते शनिवार

काठमाडौंबाट युरोप पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन २, काठमाडौं । आकर्षक तलव हुने वर्किङ भिषामा युरोप पठाइदिन्छु भनि विभिन्न प्रलोभनमा पारी ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका धापासी बस्ने चितवन रत्ननगर नगरपालिका-४ देवौली घर भएका ३१ वर्षीय नबिन कुमार चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले प्रलोभनमा पारी विभिन्न व्यक्तिहरुसँग विभिन्न मितिमा करिब ५१ लाख ५० हजार रुपैयाँ लिई काठमाडौं हुँदै भारतसम्म पुर्‍याई अलपत्र पारी सम्पर्कविहिन भई फरार रहेकोमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं टोखा नगरपालिका-६ स्थितबाट फेला पारी पक्राउ गरेको हो । चौधरीलाई आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस