• २०८३ जेष्ठ २४ गते आइतवार

मदिरा नियन्त्रण अभियान शुरु पर्साको ग्रामीण क्षेत्रमा

पढ्न लाग्ने समय : १ मिनेट

असार ३, पर्सा । वीरगञ्ज प्रहरीले अवैधरुपमा मदिरा उत्पादन र बिक्री गर्ने कार्यलाई नियन्त्रण गर्न अभियान शुरु गरेको छ । पर्साको ग्रामीण क्षेत्रमा मदिराका कारण घरेलु हिंसा बढ्दै गएपछि प्रहरीले सो अभियान शुरु गरेको हो ।

अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी गस्ती टोलीले पटेर्वा सुगौली–१ रङ्गपुर बजार क्षेत्रका विभिन्न होटलमा छापामारी अवैध घरेलु मदिरा ११० लिटर नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सीमावर्ती भारतको विहार सरकारले मदिरा बन्द गरेपछि पर्साको ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिराले भारतमा राम्रो बजार पाएका कारण यस भेगमा घरेलु मदिरा बनाउने भट्टीको सङ्ख्या बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि प्रहरीले अभियान नै सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस