वैशाख ५, हेटौंडा । मकवानपुरमा कुखुरा कोकेको सवारीसाधनमाथि थाहा नगरपालिकामा अज्ञात समूहले आगजनी गरेको छ ।
मकवानपुरको उत्तरी क्षेत्र पालुङबाट कुखुरा बोकेर हेटौंडातर्फ आउँदै गरेको ना २ च ९०९४ नम्बरको गाडी थाहा नगरपालिका–४ स्थित पानारो रिसोर्ट अगाडि तीन जनाको संख्यामा रहेका व्यक्तिहरुले गुडिरहेको गाडी रोकेर आगजनी गरेको प्रहरीले जनाएको र प्रत्यक्षदर्शीले बताएका छन् ।