• २०८३ बैशाख २६ गते शनिवार

बाजुरामा जड्याँहाको कुटाइबाट असई घाइते, विभिन्न कार्यालयका ५ कर्मचारी पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ३१, बाजुरा । बाजुरामा जड्याँहाको कुटाइबाट नेपाल प्रहरीका एक असई घाइते भएका छन्।

बाजुरा सदरमुकाममा चलेको अनन्ते मेलामा सुरक्षार्थ खटिएका असई मानबहादुर चन्दमाथि आइतबार राति मादकपदार्थ सेवन गरेको समूहले कुटपिट गर्दा उनी घाइते भएको प्रहरी निरीक्षक जनक ढुंगानाले दिएका छन्।

‘मादकपदार्थ खाएर होहल्ला गर्दै हिँडेकी एक महिलालाई नियन्त्रण लिन लाग्नुभएको थियो। अरू प्रहरी अन्तै व्यस्त थिए। त्यही बेला ती महिलासँगै रहेका ७-८ जनाले पछाडिबाट ढुंगा हान्दा उहाँ घाइते हुनुभएको हो’, ढुंगानाले भने।

आक्रमण गरेर भागेकाहरूलाई राती नै पक्राउ गरिएको र उनीहरूमाथि सार्वजनिक मुद्दा चलाइएको उनले जानकारी दिए।

मदिराले मात्तिएका कर्मचारीले प्रहरी माथि हातपात, एकजना प्रहरी घाइते

(प्रहरीमाथि हातपात गर्ने कर्मचारीहरू।)

पक्राउ पर्नेमा राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत अमृत बोहरा र केशव गिरी सरकारी वकील कार्यालयका कार्यालय सहयोगी हरिशंकर जोशी,  बडिमालिका नगरपालिमा कार्यरत प्राविधिक गोरख थापा र मेरी स्टोप सेन्टरमा कार्यरत अनमी धनी थापा रहेका छन्।

असई चन्दको अनुहार र शरिरमा चोट लागेको छ। अन्य प्रहरी जवानहरूको पनि शरिरमा चोट लागेको छ।

घाइते  चन्दको गालाको दाहिने भागको अनुहारको हड्डी चर्केकोले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएकाले जिल्लाबाहिर रिफर गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस