• २०८३ जेष्ठ २१ गते बिहिवार

पाल्पाबाट लागुऔषध सहित २ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  • विमल भट्टराई

मंसिर ३०, पाल्पा । प्रहरीले पाल्पाबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

पाल्पाबाट प्र.ना.नि. सहितको टोलीले पाल्पा तिनाउ गा.पा. वडा नं.३ दोभान झुम्सा स्थितमा बुटवलबाट पाल्पा तर्फ आउदै गरेको ग १८ प ८९ नं. को मोटरसाईकलमा रोकी चेकजाच गर्ने क्रममा मोटरसाईकल चालक सहित २ जनालाई प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा स्याङजा अर्जुनचौपारी गा.पा.वडा नं. ५ घर भै कास्की पोखरा महानपालिकाका बिशाल नेपाली र सोही मोटरसाईकलमा सवार कास्की मादी गा.पा. किरण गुरुङ रहेका छन ।

उनिहरुको शरिर खानतलासी गर्दा उनिहरुको साथवाट डाईजेपाम ६८ वटा, नुफिन ६८ वटा, फेनेरागन ६८ वटा २ को सिसि, नगद रु १५,००० रुपैया बरामद गरी उनिहरुलाई नियन्त्रणमा लिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस