कात्तिक ३०, चितवन । माडी ठोरी नगरपालिका वडा नं ९ पुरानो अम्बुबा पोष्ट नजिकै हुलाकी सडक ओरालोमा बच्चासहितको हात्तीको बथानले आक्रमणमा परि शनिबार बिहान हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ ।
लु३१प २९११ नंको मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ जाँदै गर्दा हात्तीले आक्रमण गरेको हो । मृत्यु हुनेमा माडी नगरपालिका वडा नं १ बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेल रहेका छन् । शनिबार बिहान ७ः३० बजे बाटोमा हात्ती देखेपछि मोटरसाइकल रोकेर भाग्ने क्रममा हात्तीले आक्रमण गरेको हो ।