• २०८३ जेष्ठ २५ गते सोमवार

बाजुराम भालुको आक्रमणबाट एक युवक घाइते

पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३० बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ बाँगापाटामा शनिबार विहान ७ः०० बजे जंगली जनावर भालुको आक्रमणमा परी एक युवक घाइते भएका छन् ।

घाइते हुनेमा सोही नगरपालिका–९बाँगापाटाका ३३ वर्षीय दिर्घबहादुर थापा रहेको वडाअध्यक्ष बीरबहादुर विष्टले जानकारी दिनु भएको छ । उहाँले दिएको जानकारी अनुसार खोया लेकमा भैसीलाई घाँस काट्न जाने बेला बीच बाटोमा दोहोरो जम्काभेट भएपछि आक्रमण गरी थापालाई गम्भीर घाइते बनाएको बताउनु भयो ।

घाइते थापाको स्थानीय गोठालाहरुले भालुलाई भगाएर उपचारका लागि स्थानीयहरु घटनास्थलमा गएको वडाअध्यक्ष विष्टको भनाई रहेको छ । घाइते भएका थापा सुस्त मनस्थिती भएका व्यक्ती रहेका छन् । थापाको मुख र शरिरमा चोट लागेको छ । आक्रमणमा परी घाइते भएका थापाको गाउँमा उपचार सम्भव नभएपछि थप उपचारका लागि अछामको। बयालपाटा अस्पतालमा लैजाने तयारी थालिएको वडाअध्यक्ष विष्टले बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस