साउन ३१, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रवार बसेको केन्द्रीय सचिवालयको बैठकले उपाध्यक्षमा बामदेव गौतम चयन भएका छन् । केन्द्रीय सचिवालयको बैठकले बामदेव गौतमलाई उपाध्यक्ष चयन गरि अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय गरेको छ ।

नेकपाको बिधानमा उपाध्यक्ष पद नरहे पनि सचिवालयले निर्णय गरेर स्थायी कमिटीमा पठाएको हो । पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको भनिएका नेता गौतमलाई उपाध्यक्ष बनाउन ओलीलेनै प्रस्ताव गरेको हो ।