• २०८३ बैशाख ७ गते सोमवार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा तीव्र सुधार भइरहेको

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २९ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र सुधार भइरहेको जानकारी गराएका छन् ।

आज बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा केहीबेर उपस्थित भएका प्रधानमन्त्री ओलीले स्वास्थ्यमा सुधार भइराखेको बताएका हुन् ।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली केहीबेर सचिवालय बैठकमा उपस्थित भई प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यको बारेमा बैठकमा जानकारी गराउदै तीव्र गतिमा स्वास्थ्य सुधार भइराखेको बताउनुभयो, श्रेष्ठले भने ।

बैठकले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस