• २०८३ जेष्ठ ६ गते बुधवार

जलश्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका सि.डि.ई घुस सहित रङ्गेहात पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
असार ३०, भोजपुर । जलश्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका सि.डि.ई. मोहन बाबु यादव घुस रकम सहित अख्तियारको नियन्त्रणमा परेका छन ।
जलश्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका सि.डि.ई. मोहन बाबु यादवले षडानन्द नगरपालिका वार्ड नं. १३ बोयामा रहेको छाँगे खोला सिंचाइ कार्यक्रमको रनिङ विल पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको नियन्त्रणमा लिएको हो ।
अख्तियार टोलीले सि.डि.ई. मोहन बाबु यादवलाई सेवाग्राहीसँग रू. १,८०,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा घुस रकम सहित भोजपुर नगरपालिका वार्ड नं। ७ मा रहेकी फुपू भदैनी होटलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिन्भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस