• २०८३ बैशाख ५ गते शनिवार

नेपाल आइडल सिजन–३ को अडिसन भदौ ३१ बाट सुरु

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २७, काठमाडौं । नेपाल आइडल सिजन–३ को अडिसन यही भदौको अन्तिमबाट सुरु हुने भएको छ । भदौ ३१ गतेबाट सुरु हुने अडिसन कात्तिकको पहिलो हप्तासम्म चल्ने छ ।

पहिलो अडिसन भदौ ३१ गते पोखरामा हुनेछ भने असोज ३ गते बुटवलमा हुनेछ, असोज ६ गते नेपालगञ्जमा अडिसन हुनेछ भने वीरगञ्जमा असोग १० गते हुने नेपाल आइडलले जनाएको छ । विर्तामोडमा असोज १४ गते हुनेछ, काठमाडौंमा कात्तिक २ गते हुनेछ ।

१६ वर्ष देखि ३० वर्ष उमेरका व्यक्ति अडिसनमा सहभागी हुन पाउने छन् ।

नेपाल आइडलको पहिलो सिजनको विजेता बुद्ध लामा भएका थिए भने दोस्रो सिजनको विजेता रवी ओड भएका थिए ।

https://youtu.be/bYPpCuxS8AE

Sharing

प्रतिक्रिया दिनुहोस