• २०८३ जेष्ठ ३१ गते आइतवार

बिष्णु बस्याल “बिबश”को गजल “बराबर भयो”

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
  • बिष्णु बस्याल “बिबश”

यता तिम्रो अनि उता मेरो अभाब बराबर भयो
जब भेट भयो अनि हाम्रो टकराब बराबर भयो।

कहिले तिमीलाई कहिले मलाई समय मिलेन
तर दुबै पक्षबाट भेट्न हुन दबाब बराबर भयो।

तिमी बिना म बाँच्न सक्दिन्, र म बिना तिमी
रिसाएर नबोल्दा पनि प्रेम प्रस्ताब बराबर भयो।

मैले फूल पठाएँ, मलाई पत्थरले जवाफ दियौ
तर पनि ठानेको छु, हाम्रो हिसाब बराबर भयो।

कहिले तिमी रिसाउँछौ कहिले म रिसाइहाल्छु
र पनि घटेन माया किनकी लगाब बराबर भयो।

रामपुर -३, पाल्पा (हाल – मरुभूमिबाट)

Sharing

प्रतिक्रिया दिनुहोस