वैशाख ३०, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुग्नु भएको छ । बिहीबार बिहान साढे ११ बजेदेखि सभापति देउवासँग अध्यक्ष ठाकुर र नेता महतोको भेटवार्ता भइरहेको छ।

देउवालाई भेट्न सुरूमा नेता महतो पुगेका थिए। त्यसपछि केहीबेरमा अध्यक्ष ठाकुर पुगेका हुन्। स्रोतकाअनुसार अहिले भेटवार्ता जारी छ। उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीत रहेर छलफल भइरहेको छ।