• २०८२ जेष्ठ ३० गते बिहिवार

थबाङको छेर्लोबाङ झार्नैमा पहिरो ६ जना बेपत्ता २ घरगोठ बगायो लाखौको क्षेती !

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २७,थबाङ । रोल्पाको थबाङ गा.पा.२, छेर्लोबाङ झार्नैमा गए राती पहिरो जाँदा ठूलो धनजनको क्षति भएको छ । २ नं वडा अध्यक्ष वसन्त रोकाका अनुसार ६ जना बेपत्ता भएका छन् ।

अन्दाजी ४० बर्षे जया बुढा उनकी श्रीमती मुलज्योती बुढा सथै अन्दाजी २८ बर्षे फिरकुमारी झार्की सहित जया र फुलज्योतीका दुइ छोरी र फिर्कुमारिका अन्दाजी ४ बर्षे छोरा लाई पहिरोले बेपत्ता पारेको छ ।

दुईवटा घरगोठ र गाई, भेडाबाख्राहरु ठूलो संख्यामा पुरिएको आशंका गरिएको छ । ईलाका प्रहरी कार्यलय थबाङको एक टोली घटनास्थलतर्फ हिंडेको जिल्ला प्रशासन कार्यलय रोल्पाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीले स्थानीय सरकारका जनप्रतिनिधि उद्दारमा खट्न निर्देशन दिएको बताएका छन । उनले राजैतिक दल र स्थानीय जनतालाई उद्दारमा सहयोग गर्न अपिल गरेका छन् ।

घटना स्थल सदरमुकाम लिबाङवाट करिब २५ कोस उत्तरमा पर्दछ । थप विवरण आउदै ।

प्रतिक्रिया दिनुहोस