काठमाडौ ३०,नवलपरासी । नवलपरासीमा सवारी दुर्घटना भई एक जनाको मृत्यु भएको छ । रामग्राम नगरपालिका वार्ड नं। १२ कसिया ९ शान्तिचौर मा आज विहान १० बजेको सयममा तीनवटा मोटरसाईकल एकआपसमा ठोक्किँदा मृत्यु भएको हो ।
दुर्घटनामा पूर्वी नवलपरासीको कावासोती ३ बस्ने वर्ष २८ का डम्बर बहादु गुरुङ्गको मृत्यु भएको हो । ना २९ प ५६४७ नम्बरको पल्सर मोटरसाईकल, ना ३२ प ९०१३ नम्बरको सुजुकी मोटराईकल र लु ३५ प ३४०१ नम्बर प्लेटको स्कुटर एकआपसमा ठोक्किएपछि गुरुङ्गको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
यस्तै ना ३२ प ९०१३ सुजुकी मोटरसाईकल चालक बर्दघाट नगरपालिका १० बस्ने कासी यादव रहेको छन् । प्रहरीले यादवलाई दुर्घटनाको विषयमा सोधपुछ गर्नको लागि नियन्त्रणमा लिएको छ भने स्कुटी चालक बाटो मै छोडेर गएपछि स्कुटीलाई पनि नियन्त्रणमा लिएको जिप्रका नवलपरासीले जनाएको छ