मंसिर, २६ काठमाडौँ । लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ‘हेड टु हेड च्यालेन्ज’ को दोस्रो चरण पार गर्दै ‘बिउटी वीथ पर्पोज’ विधामा पनि टप १० मा सफल भएकी छिन् ।

बिउटी वीथ पर्पोज प्रोजेक्टको बारेमा दुई मिनेटमा पछिल्लो आठ महिनामा आफूले गरेको कामको विषयमा आफनो भनाई राख्ने मौका पाएकी थीइन, जुन कुरा दर्शाउनु चुनौतीपूर्ण थियो, जुन प्रोजेक्टले गर्दा अनुष्का हेड टु हेड च्यालेन्जको टप १० मा छनौट हुँदै मिस वर्ल्डको उत्कृष्ठ ४० पुगेकी छिन् ।
यद्यपी मल्टी मिडिया अवार्ड जित्नको लागि भने अझै धेरै भन्दा धेरै भोटको आवश्यकता पर्ने भन्दै अनुष्ष्काले सबैमा सहयोगको लागि अपिल गरेकी छिन् । मिस वल्र्डमा नेपालसहित विश्वभरिका करिव १ सय २५ देशका सुन्दरीहरु सहभागी रहेका छन् । मिस वल्डको फाइनल प्रतिस्पर्धा यही डिसेम्बर १४ तारिखमा हुँदैछ ।