• २०८३ बैशाख ४ गते शुक्रवार

हर्क साम्पाङले दिए मेयर पदबाट राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, सुनसरी । धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले पदबाट राजीनामा दिएका छन् । साम्पाङले आइतबार उपप्रमुख आइन्द्रविक्रम बेघालाई राजीनामा पत्र बुझाएका हुन् ।

श्रम संस्कृति पार्टी खोलेर सक्रिय राजनीतिमा होमिएका साम्पाङ प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवार बन्ने तयारी गरेका छन् ।

त्यस्तै धरान उपमहानगर–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाटनै साम्पाङविरुद्ध उम्मेदवार बनाएको छ ।

सुनसरी-१ मा अघिल्लो निर्वाचनमा तत्कालिन जसपा नेपालबाट अशोक राई विजयी भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस