- भावना हमाल, दैलेख समाचारदाता
भदौ २६, दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखद्धारा सञ्चालित सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत नारायण नगरपालिकाको वडा नम्बर १ क्षेत्रमा रहेको हरियो गाजाँ नष्ट गरिएको छ ।
जिल्ला सदरमुकामको पुरानो बजार स्थित पुरानो कारागार नजिक बेवारिसै अवस्थामा मौलाएको गाजाँ नष्ट गरिएको दैलेख प्रहरीले जनाएको छ । प्रहरीको सक्रियतामा जिल्ला प्रशासन कार्यालय दैलेख, नारायण नगरपालिकाको वडा नम्बर १ को कार्यालय र शसस्त्र प्रहरीको समन्वयमा गाजाँ नष्ट गरिएको हो ।
स्थानिय बासिन्दा र अन्य सरोकारवालाहरुको रोहवरमा गाजाँ नष्ट गरिएको प्रहरी निरिक्षक उपेन्द्र प्रसाद आचार्यले बताउनुभएको छ । गाजाँ नष्ट गर्ने क्रममा बोल्दै प्रहरीले निरिक्षक आचार्यले जिल्लाका बिभिन्न क्षेत्रहरुका हरियोँ गाजाँ मौलाएको र यसलाई नष्ट गर्नका लागी सरोकारवाला तथा स्थानिय बासिन्दाहरुको सक्रियता बृद्धि गर्नुपर्नेमा जोड दिनुभएको थियो । गाजाँ सेवनका कारण युवा पुस्तामा नराम्रो कुलतको लत मौलाएको भन्दै यस तर्फ सबै सचेत हुनुपर्नेमा सो क्रियाकलापमा सहभागि सरोकारवालाहरुले जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै शसस्त्र प्रहरीका निरिक्षक ईन्द्र बहादुर क्षेत्रीले सुरक्षा निकायले मात्रै नभएर स्थानिय बासिन्दा स्वयमले सक्रियता जनाउनुपर्ने बताउनुभएको थियो । स्थानिय बासिन्दाले भने यो कार्यको प्रशंसा गरेका छन ।