मंसिर २४, पर्सा । वीरगंज महानगरपालिका-१४ गण्डक चोकबाट अवैध लागूऔषध चरेश करिब ११ केजी ८ सय ग्राम सहित वीरगंज महानगरपालिका-१९ बस्ने ६० वर्षीय रामबालक बैठालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले बैठाले चलाई ल्याएको साइकल जाँच गर्ने क्रममा साइकलमा लोड गरी ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
