• २०८२ जेष्ठ ३० गते बिहिवार

मंगलबार जोर नम्बर प्लेटका सवारी मात्र चलाउन पाइने

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३ ,काठमाडौँ।  चक्रपथभित्र भोलि (मंगलबार) जोर नम्बर प्लेट भएका सवारी साधन मात्र चल्न पाउने भएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाकाका अनुसार दक्षिण एसियाली खेलकुद (साग)को समापनको दिन ट्राफिक व्यवस्थापन मिलाउन जोर नम्बर प्लेट भएका सवारी साधन मात्रै चल्न दिइने भएको छ ।

त्यस्तै, ठूला मालवाहक सवारी साधन पनि रिङरोड प्रवेश नगराउन महाशाखाकाले आग्रह गरेको छ । सागको डेलिगेसन कार्ड भएकाहरुका लागि भने यो व्यवस्था लागू हुने छैन।

प्रतिक्रिया दिनुहोस