- सागर थापा
असोज २२, दाङ । दाङमा दशै पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले १३ जनालाई नियन्त्रणमा लिई कार्वाही गरेको छ ।

जर्वजस्ती हिन्ने होहल्ला गर्ने अत्यधिक मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, क्षमता भन्दा धेरै यात्रु राख्ने कार्यमा संलग्न भएका १३ वटा सवारी साधानहरुलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रेम प्रसाद रेग्मीले जानकारी दिएका छन् । त्यसैगरी दाङ जिल्ला भरबाट यस पालीको दशैमा मापसे घटेको छ गत बर्षको तुलना भन्दा यस बर्षको दशैमा कम तथ्यांक छ । उक्त मापसे गरेर सवारी साधन प्रयोग भएका अटो ३ वटा १० वटा मोटरसाईकललाई समेत नियन्त्रणमा लिएको दाङ ट्राफिक प्रमुख रेग्मीले जानकारी दिनुभएको छ । साथै मापसे गर्नेहरुलाई १ घन्टा ट्राफिक नियम सम्बन्धि कलाश अभिलेख राख्ने लाइसेन्स रद्ध गर्ने सार्वजनिक यातायात सवारी साधनमा मापसे गरेर चलाउनेलाई सार्वजनिक मुद्दा र हिरासतमा राख्ने कार्वाही सुरु गरेको छ ।
अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने तथा चाड पर्वलाई मर्यादित बनाउने प्रहरीको बिशेष अभियान अन्तरगत भएको विशेष मापसे चेकजाँच र निगरानी गर्ने क्रममा दाङ जिल्लाको विभिन्न ठाउँबाट सवारी साधनहरुलाई नियन्त्रणमा लिएको दाङ ट्राफिक प्रमुख रेग्मीले बताए । यस्तै ५ वटा दुर्घटना १७ जना घाइते ४ जना फरार विभिन्न अपराधका ब्यक्तिहरु पक्राउ परेको दाङका प्रहरी प्रबक्ता डिएसपी बिनोद बिक्रम शाहले बताएका छ्न ।